एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं ।माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको बैठक बस्दैछ । नयाँ सत्ता समिकरणमा सहभागी हुने नहुने विषयमा छलफल गर्न समाजवादीको बैठक बस्न लागेको हो ।

पुरानो गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बनाएपछि माधव नेपाल रुष्ट छन् । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहेको एमालेसँग प्रचण्डले सत्ता गठबन्धन बनाएपछि पूर्वप्रधानमन्त्री नेपाल रुष्ट छन् ।

उनको पार्टी अहिले सरकार बाहिर छ । तर उनलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर पहल गर्दै आएका छन् ।मंगलबार प्रचण्ड र ओली आफ्ना सहयोगीका साथ नेपाल निवास कोटेश्वर पुगेका थिए । उनीहरुले पुरानो कुरा विर्षेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

सरकारमा सहभागिताको विषयमा आजको बैठकले निर्णय गर्ने समाजवादीका महासचिव घनश्याम भुसालले बताए ।