सरकारले अलोकतान्त्रिक र निरंकुश चरित्र देखायो : बद्री पाण्डे

सरकारले अलोकतान्त्रिक र निरंकुश चरित्र देखायो : बद्री पाण्डे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले असभ्या, अलोकतान्त्रिक र निरंकुश चरित्र देखाएको आरोप लगाउनु भयो । लोकतान्त्रिक व्यवहारकै माध्यमबाट शासन चल्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । तर प्रारम्भदेखि नै सरकारको रवैया र गतिविधिले हामीलाई आशंका उत्पन्न भएकाले पटक पटक संसदमा र अन्यत्र पनि आफ्नै ढंगले सचेत गराउँदै पनि आएका छौँ ।

केबल हाम्रो पार्टी नेपाली कांग्रेसले मात्रै होइन, विभिन्न क्षेत्रबाट यो सरकारका गतिविधिहरु लोकतन्त्र अनुकुल छैनन्, अधिनायकवादतिर उन्मुख छन् सर्वसत्तावादतिर उन्मुख छन् र सरकार निरंकुश बन्दै गएको छ भन्ने कुरा सार्वजनिक हुदै आएको थियो । यही सन्दर्भमा हिँजो साँझमात्रै मुलुकको सम्मानित, प्रतिष्ठित व्यक्तिको मर्यादामाथि खेलवाड गरिएको समाचार आएको छ ।

१७औँ विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला क्यानडा जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिकटदेखि सबै प्रक्रिया पूरा गर्दै गर्दा टोलीका ६ जना सदस्यलाई बाहिर जाने अनुमति दिइयो तर, टोलीको नेता उपकुलपति कोइरालालाई हठात प्रहरीले धरपकड गरी बालुवाटारमा लगेर थुनिदियो ।  प्रधानमन्त्रीले भेट्न खोज्नु भएको छ भनि लगिएका कोइरालालाई सवा ५ बजेदेखि साढे ७ बजेसम्म राखेर मुक्त गरियो ।

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो । पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो । सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि, भूमि व्यवस्था तथा सहकारी, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विनियोजन भएको बजेटबारे आज जवाफ दिइने छ ।