काठमाडौं । संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धि विधेयक आजै प्रतिनिधिसभाको समितिबाट पारित गर्ने तयारी भएको छ । टीआरसी ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज बिहान कानुन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान सिंहदरबारमा बोलाइएको छ । आइतबार नै विधेयक समितिबाट पारित गर्ने तयारी भएपनि सरकारले थप सहमतिका लागि समय मागेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयक छिटो समितिबाट पारित गर्न दवाव बढाएपछि आजै समितिको बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्डले सहमतिबाटै विधेयक पारित गर्ने गरी सबै दलसँग छलफल अगाडि बढाएका हुन् ।
आजको समितिबाट विधेयक पारित भए संसदबाट पनि छिट्टै पारित गर्ने सरकारको तयारी छ । टिआरसी विधेयकमा सर्वसहमतिको प्रयास थालेका प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समिकरणको थालनी पनि गरेको चर्चा भएको छ । आज बिहान नै सत्ता गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठकले सरकारको आयू निर्धारण गर्ने दावी गरिएको छ ।