सेलिना विकट ठोरीकी दिलरानी

सेलिना विकट ठोरीकी दिलरानी

वीरगन्ज । पर्साको ठोरी गाउँ सदरमुकाम वीरगन्जबाट ६८ किलोमिटर सुदूर उत्तरमा पर्दछ। अहिले पनि ठोरीका नागरिक वीरगन्ज आउनुपर्दा भारतीय बाटो भएर आउन बाध्य छन्। तराई मधेसको जिल्ला भएर पनि पर्साको ठोरी भने विकट बस्तीका रूपमा चिनिन्छ। यस्तो ठाउँमा जन्मिएर पनि संगीतलाई अगाडि बढाइरहेकी सेलिना कुँवर अहिले गीत संगीतमा व्यस्त छिन्।

दुर्गम बस्तीमा जन्मिएर पनि गीत संगीतमा रमाउन पाउँदा आफूलाई गर्व लागेको कुँवर बताउँछिन्। एक दर्जनभन्दा बढी नेपाली र भोजपुरी गीत गाइसकेकी सेलिना अहिले राजधानी काठमाडौंमा रहेर गीत संगीत क्षेत्रमा रातदिन तल्लीन छिन्। केहीअगाडि रिलिज भएको फिल्म नेप्टेमा उनले गाएको गीत दिलरानी चर्चामा छ।

गायक उदिखतनारायण झासँग सेलिनाले गाएको यो गीतको भिडियो युट्युबका झन्डै १० लाख दर्शकले हेरिसकेका छन्। दिलरानी गीतले आफूलाई चिनाउन झन् मद्दत पु¥याएको सेलिनाको तर्क छ। अविवाहित सेलिना मन मिल्ने दिलको राजा वा वर पाए बिहे गर्ने सुरमा पनि छिन्। धेरैजसो आधुनिक गीत गाएकी सेलिनाले आफ्नो गाउँ ठोरी र जिल्ला पर्सालाई गीत संगीतबाट चिनाउन चाहेको बताइन्।