परालको आगो: प्रकाश र सुहानाको दाम्पत्य कलहले तान्यो दर्शकको ध्यान
काठमाडौं । आगामी वैशाख ११ गतेलाई प्रदर्शन मिति तय गरेको नेपाली चलचित्र ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रको औपचारिक झलक दर्शकमाझ ल्याएको हो। सार्वजनिक ट्रेलरले ग्रामीण परिवेश, पारिवारिक उतारचढाव र सामाजिक कथावस्तुलाई पर्दामा उतारेको...
