काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
यस अघि पटक पटक स्थगित हुदैँ आएको स्थायी समिति बैठक आजबाट पुनः सुरू भएको हो ।पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पदाधिकारीसहित केन्द्रिय नेताहरूको कार्यविभाजन र आगामी मधेस जागरण अभियानलगायतमा छलफल हुदैँछ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा, माओवादी रूपान्तरण अभियानमा सक्रिय नेताहरू र निष्क्रिय नेताहरूको मुल्याङकन तथा र हालै सम्पन्न विधान अधिवेशनले लिएका निर्णय कार्यान्वयनको बिषयमा छलफल हुनेछ ।