क्वार्टरफाइनलमा आज स्वीडेन VS इंग्ल्याण्ड र रसिया VS क्रोएसिया भिड्दै

क्वार्टरफाइनलमा आज स्वीडेन VS इंग्ल्याण्ड र रसिया VS क्रोएसिया भिड्दै

रुस, २३ असार । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज अन्तिम चारमा पुग्नका लागि दुई खेल हुँदैछन् ।

आज हुने पहिलो क्वाटरफाइनलमा स्विडेन र इंग्ल्यान्ड आमनेसामने हुदैछन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार ७ः४५ मा शुरु हुनेछ ।

आज नै हुने अन्तिम क्वाटर फाइनलमा आयोजक रुस क्रोएसियासँग भिड्दै छ । रुस र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राती ११ः४५ बजे शुरु हुनेछ ।