कांग्रेस महासमितिमा पेश भएका सबै प्रस्ताव सर्वसम्मत पारित

कांग्रेस महासमितिमा पेश भएका सबै प्रस्ताव सर्वसम्मत पारित

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएकाे हाे ।

महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चारवटै प्रस्ताव सर्वसम्मतिले पारित गएको हो ।

याेसँगै कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ । महामन्त्री थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए ।