सरकारी जग्गा अतिक्रमणको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्लालाई गृह मन्त्रालयको परिपत्र

सरकारी जग्गा अतिक्रमणको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्लालाई गृह मन्त्रालयको परिपत्र

काठमाडौं ।सरकारले सरकारी जग्गा अतिक्रमणको विवरण पठाउन ७७ वटै जिल्लालाई परिपत्र गरेको छ ।

बिहीबार गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै सरकारी जग्गा अतिक्रमणको सम्पूर्ण विवरण पठाउन दिर्नेशन दिएको हो ।मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए कानुन बमोजिम कारबाही गर्नसमेत मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सरकारी जग्गा व्यक्तिगत बनाएर बिक्रिवितरण गरेको भएपनि विवरण पठाउन भनिएको छ ।