एमाले केन्द्रीय समितिको बैठकमा समूहगत छलफलको निष्कर्ष पेश गरिदैँ

एमाले केन्द्रीय समितिको बैठकमा समूहगत छलफलको निष्कर्ष पेश गरिदैँ

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने छन् ।

जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालेले ७ प्रदेशका ७ र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी ९ वटा समूह विभाजन गरी सामुहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धिकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा ९ समुहमा बिभाजन गरी छलफल गरिएको थियाे । साेही समुहले आज प्रतिवेदनकाे निचाेड सुनाउने छन् ।