फुटबलको ‘थ्रिल’ र ‘फ्यान क्रेज’

फुटबलको ‘थ्रिल’ र ‘फ्यान क्रेज’

-अनुषा स्वाँर-

रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन गरिएको थियो । २०१८ जुन १४ देखि सुरु भएको विश्वकप फुटबल अब आउने जुलाई १५ मा एक राष्ट्रलाई सर्वशक्तिमान बनाएर समापन हुदैछ । साथै आज हामी विश्व कप फुटबलको क्वाटरफाइनल चरणमा छौं । क्वाटरफाइनल अन्तर्गत आजको पहिलो खेलमा फ्रान्स र उरुग्वे तथा राती पौने १२ बजे ब्राजिल र बेल्जियम आम्नेसाम्ने हुदैछन् ।

काजान एरिनामा ब्राजिल र बेल्जियम आमने सामने हुँदा स्टारहरुको जमघट हुनेछ । पाँच पटकको विश्वविजेता ब्राजिल नेइमारको साथमा छ भने इडेन हाजार्डले बेल्जियमको नेतृत्व गर्दैछन् ।
ब्राजिलसंग नेइमार, गाव्रियल जेसस, फिलिप काउटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो शिल्भा लगायतका विश्वस्तरीय खेलाडीले भरिएको सशक्त टिम छ भने हाजार्डका अलावा रोमेलु लुकाकु, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिजस्टार स्टार खेलाडी रहेको ‘डार्क हर्स’ बेल्जियम दरिलो उभिएको छ ।
उरुग्वेका स्ट्राइकर फ्रान्सविरुद्धको क्वार्टर फाइनल खेलमा फर्किने भएका छन् । प्रिक्वार्टर फाइनल अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा चोटग्रःत भएका कभानीको इन्ज्युरी सामान्य भएको उरुग्वे फुटबल संघले जनाएको छ । ह्यामस्ट्रिङमा चोट लाग्नु अघि दुई गोल गर्दै कभानीले उरुग्वेलाई क्वार्टर फाइनलको यात्रा तय गराएका थिए । जुन इन्ज्युरीका कारण उनी ७४औं मिनेटमा बेन्चमा फर्किन बाध्य भएका थिए । उरुग्वे र फ्रान्सबीचको खेल पनि रोमात्तचक हुने अपेक्षा गरिएको छ ।
कुरा गरौं फुटबलका क्रेजी फ्यानको..
पक्कै तपाईं पनि फुटबलको केजी हुनुहुन्छ र विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये एक टिमलाई सर्मथन गर्नुभएको छ । समर्थनको कुरा गर्दा कतिपय लहैलहैमा कुनै टिमको सर्मथक बनेका छन् भने त कतिपय स्वविवेकले, विश्व फुटबलको समिक्षा सहित ।
साँच्चैमा भन्नु पर्दा यतिखेर तपार्इंजस्ता फुटबलका करोडौँ क्रेजी फ्यानहरुलाई टेलिभिजन , कम्प्युटर, प्रोजेक्टर स्क्रिन अगाडी देख्न सक्छौ । विभिन्न रंगका जर्सी आफ्नो टिमलाई समर्थन गर्दै पहिरिएको अहिले सडकगल्ली, चिया पसल जतासुकै दखिन्छन् । विश्वकप फुटबल एउटा यस्तो पर्व जस्तै कुम्भमेला हो जो विश्वभर एकैसाथ सबैको ध्यान केन्द्रित गर्न सक्छ ।
फलफुलमा आँपलाई राजा मानिएझैं खेलहरुमा सबै भन्दा रुचाईको खेल नै फुटबल नै हो । र, यो संसारको सबैभन्दा प्रख्यात खेल पनि हो । हरेक ४ वर्षको अन्तरालमा आउने यो विश्वकप फुटबलले निकैको जमात तयार गर्ने गर्दछ । र, उत्तिकै मात्रामा यसका क्रेजी फ्यान पनि ।
विश्वकप फुटबलको थ्रिल छाइरहँदा फुटबलसँग सम्बन्धित केहि रोचक तथ्यहरु हेरौँ ।
१. फुटबल करिव ४७४ बिसीतिर चिनबाट शुरु भएको थियो ।
२. फुटबल संसारकै सबैभन्दा बढि खेलिने र हेरिने खेल हो ।
३. एउटै खेलमा एउटै खेलाडीले १६ गोलसम्म गरेका छन् । यो नै अन्तर्राष्ट्रिय फुटबलको एउटा खेलमा एक खेलाडीले गरेको अहिलेसम्मकै सबैभन्दा बढि गोल हो । फ्रान्सका स्टेफेन स्टानिसले १९४२ मा रेसिङ क्लब डि लेन्सका लागि सो गोल गरेका थिए ।
४ . फुटबललाई ‘एक सुन्दर खेल’ भन्ने पहिलो खेलाडी पेले हुन् ।
५. १९६४ मा पेरुमा भएको एक फुटबल खेलमा रेफ्रिको निर्णयका कारण झडप हुँदा ३०० जनाको मृत्यु भएको थियो ।

एसोसिएशन फुटबल जसलाई प्रायः फुटबल वा सकर भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो ।
रोचक खेल यो, एउटा सामुहिक खेल हो र यसलाई ११ र ११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ ।
तछाड मछाड गर्दै, खेल मैदानमा घोडा जस्तो तुफान दौड अनि आफ्नो टिमका साथ र चतुराई बाट गोल गर्ने गर्छन् ।
अहिले विश्वलाईनै छोएको छ विश्वकप फुटबलको फिभरले, जो नेपाललमा पनि त्यत्तिकै छ । मानौं दशैं तिहार आएको जस्तो देखिन्छ । यस विश्वकप फुटबलको चार्डमा भने एक अर्कामा चर्काचर्की बढिरहेको छ एक अर्काका विरोधी टिमहरुबीचमा । आफ्नो टिमलाई समर्थन गर्नु राम्रो हो तर यतिसम्मका फ्यान पनि छन् कि इंग्ल्याण्ड विरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका दुई खेलाडीहरुलाई आक्रोशित फ्यानहरुले सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की समेत दिएका छन् ।
अरे बाबा ! मान्छे सबैकुरामा पर्फेक्ट त हुदैन नी, खेल हो कहिले जित कहिले हार हुनु स्वभाविकै हुन्छ । उनीहरु पनि त एकपटक खेल्दैमा त्यहाँसम्म त पुगेका होइनन् पक्कै पनि । प्रत्येक खेलाडीले आफ्नो सम्पूर्ण परिश्रम , आफ्नो जीवन नै खेलमा समर्पण गरेर खेलिरहेको हुन्छ । खेले जतिको टिम सबैले जित्यो भने हार्छ कसले ? के तपाईं आफै पनि हरेक कुरामा सफल हुनु भएको छ ? तपार्इंले धेरै प्रयास गर्दा पनि तपाईंको सफल हुन सक्नु हुनुभएन भने के जीवनबाट हार मान्नु हुन्छ त ? मान्नु पनि हुन्न, हो खेलमा पनि त्यस्तै हुन्छ । खेलाडीको लागि जीवन भनेको नै खेल मात्रै हो । तपार्इंहरुको साथ अनि माया गर्ने फ्यानहरुले गर्दा नै उनीहरु अझै राम्रो खेल्न र अझै राम्रो प्रदर्शन गर्न सक्छन् ।
केहि उग्र समर्थकहरुले अपमानजनक सन्देशसहित विश्वकपको नकआउट चरणको खेलमा इंग्ल्याण्डविरुद्धको पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका माटेस उरिबे र कार्लोस बाक्कालाई घर नफर्किन चेतावनी पनि दिएका छन् । साथै रुसमै आत्महत्या गर्न भनिएका गाली गल्यौज पनि पढियो । के यो जाहेज छ त ? आफ्नो टिमले हार्दैमा उसको साथ दिने कि झन् अपमान गर्ने ? जित्दा मात्रै खुसी हुने अनि हार्दा गाली गर्ने पनि फ्यान हुन्छन् र ?

अहिले प्रवृति के रहेको छ भने , आफ्नो टिम हार्दा लाज हुन्छ भनेर बाटो हिड्न नसक्ने, यतिसम्मकी कोठाबाट बाहिर आउन नि गाह्रो पर्ने अवस्था सिर्जना भएको छ । के्रज हुनु राम्रो हो तर हरेक कुराको सिमा नाघ्नु आफैंलाई घातक हुन्छ । हो फ्यान हुनु कसैको आफ्नो व्यक्तिगत स्वतन्त्रता पनि हो । तर स्वतन्त्रताको नाममा खेलाडीलाई गालि गलौज , एक अर्को टिमको अनावश्यक आलोचना , टिमका सर्मथकलाई अनेकौ लाञ्छना पनि लगाउनु पक्कै पनि राम्रो होइन । आलोचना गर्नु पनि राम्रो हो, तर मेरो गोरुको बाह्रै टक्का ठिक भन्ने तरिका ठिक होइन । अहिले जुवा जस्तै विषेश विश्वकप फुटबलमा समेत बाजी लगाउने गर्छन्, अन्य बाजी जस्तै यसमा पनि हारजित हुन्छ , अनि नोक्सान हुन्छ तपाईकै, अरुको होइन । यो विषयमा पनि सोच्नुस् है । बाजी लगाउदा लगाउदै आफनो धन सम्पत्तिका साथै आफन्तकहरु , शुभचिन्तक पनि गुमाउनु पर्ला । ४ वर्षमा आउने खेलको मज्जा लिन खोज्नुस् खेल हेरेर, बाजी थापेर होइन । रिस रागले होइन ।
आफनो मन पर्ने टिम हार्दा आफ्नै जीवनको हार नै हो जस्तो ठूलो रुपमा लिने गर्छन् । अनि आफ्नै जीवन समाप्त गर्ने गरेका घटनाहरु प्नि सुनिन्छन् ।
भारतमा यस्तै एउटा घटना भएको छ । अर्जेन्टिना र लियोनल मेसीको टिम प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि २० वर्षीय एक अर्जेन्टिनी समर्थकले मृत्यु रोजेका छन् । उनका परिवारले छोरालाई कुनै मानसिक रोगी नभएको पनि खुलाएका छन् । वेस्ट बंगालको माल्दा जिल्लाका मोनोतोष हाल्दरनाम गरेकाले आत्महत्या गरेका छन् । ‘मेरो छोरा मानसिक रोगी होइन, विश्वकप आएपछि प्रत्येक दिन टिभीअगाडि फुटबल हेरिरहन्थ्यो,’ फुटबलप्रेमी छोरा बताउँदै मोङोलले भने, ‘उसलाई अर्जे्न्टिना र मेसी भनेपछि केही चाहिँदैनथ्यो ।

यो मात्र पहिलो घटना भने होइन , अर्जेन्टिना विश्वकपमा पराजित भएपछि समर्थकले आत्महत्या गरेको । समूह चरणमा अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएपछि केरलाका दिनु एलेक्सले नदीमा हामफालेर ज्यान दिएका थिए । एक चोटि पनि सोचेन त्यो एउटा सामान्य खेल हो जसको जिवन जस्तो खेलको अघि ठुलो छ । अमूल्य छ ।

भारतमा मात्रै होइन नेपालमा पनि क्रेजी फ्यानको कमि छैन । बिश्वकप उचाल्ने सपना सहित रसिया पुगेको अर्जेन्टिनाको सपना फ्रान्सले चकनाचुर बनाएपछि नेपाली फ्यानहरुको रुवाबासी चलेको थियो । अन्तिम ८ को लागि भएको प्रतिष्पर्धामा अर्जेन्टिना फ्रान्ससंग ४–३ ले पराजित भयो । पराजित भएसंगै अर्जेन्टिना घर फर्किएको थियो ।

पराजित भएपछि नेपाली फ्यानहरुले मेस्सीको चर्को आलोचना गरेका थिए । मेस्सी र टिमको बिरुद्धमा सामाजिक सञ्जालमा गाली गर्नुका साथै नेपाली फ्यानहरुको रुवाबासी नै चल्यो । अर्जेन्टिनाले हारेको भन्दै मुर्छित पर्नेगरी नेपाली फ्यानहरु रोएका भिडियो सामाजिक संजालमा पनि भाइरल बने ।
यतिसम्म पनि फ्यान छन् कि कोहि आफ्नाे टिम जितोस् भनेर पुजापाठ गर्ने , कोहि अरुको टिम हारोस् भनेर पुजा गर्ने । कति सम्मको क्रेज हो यो ? के यहि नै हुन त फ्यानको कर्म ?

जति दुःख तपाईंलाई आफनो टिम हार्दा लाग्छ त्यत्तिकै र सायदै त्यो भन्दा बढि दुःख ति टिमका खेलाडीलाई पनि हुन्छ , कि उनीहरुले तपार्इंको आशालाई निराशामा बदिएकोमा । तर उनीहरु हार मान्दैनन् र आउने दिनहरुमा सफल हुने लक्ष्यले अघि बढछन् ।

अहिले सजिलै सामाजिक संजालले गर्दा सारा संसारसंग जोडिन पाइएको पनि छ । तर त्यहि सामाजिक संजाल एक अर्कोलाई गाली गलौज , बेइज्जत गर्ने खालका शब्दहरु थुपार्ने मैदान बनेको छ । के यसैको लागि हो र सामाजिक संजालको प्रयोग ? एक पटक सोच्नुस् कति समय तपाईंको यस्ता प्रतिक्रियामा खेर जान्छ ?

प्रविधिको सहि तरिकाले प्रयोग गर्नु राम्रो हुन्छ । खुकुरी राम्रोसंग चलाउन र राख्न सके आफ्नो रक्षा गर्छ तर, चलाउन नसके आफैंलाई सक्छ । त्यस्तै सामाजिक सञ्जालले पनि सहि सदुपयोग गर्न नसके आफैंलाई खतरा बन्न सक्छ भन्नेकुराको हेक्का हुनु जरुरी छ । साथै खेललाई पनि मनोरन्जन अनि एउटा खेलको रुपमा लिनुहोस् , यो होइन कि एक अर्कालाई तथानाम गाली गलौज , खेलाडी, टिममाथी आक्रोश पोख्ने काम नगर्नुस् । आफ्नो प्रेसर नबढाउनुस् , आफनो जीवनको महत्व पनि बुझ्ने गर्नुहोस् , एकपटकको जोशमा आफनो होस नगुमाउनुहोस् । जीवन रमाइलो छ रमाइलोसंग जीउने प्रयास गर्नुुहोस । जय होस् ।