प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित सातवटा कार्यसूची पेश सार्वजनिक गरेको छ । पहिलोमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने छन् ।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन् । सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन् ।

प्रधानमन्त्रीको प्रश्नोत्तरपछि राष्ट्रियसभाबाट उत्पत्ति भएको शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सन्देशसहित टेबुल हुनेछ । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभाबाटै उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धि प्रतिवेशन पेश गर्ने कार्यसूची छ ।

त्यस्तै सांसद प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व पहिलो संशोधन अध्यादेशलाई अश्विकार गरियोस् भनि राखेको प्रस्ताव सभामा निर्णायार्थ पेश हुनेछ । त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व सम्बन्धी अध्यादेलाई स्वीकृत गिरियोस भनि निर्णायार्थ पेश गर्नेछन् ।

साथै अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय (दोस्रो संशोधन) विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यी बाहेक शून्य समयको पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।