काठमाडौं । बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे जाँचबुझ प्रतिवेदन बुझाएको छ । शुक्रवार आयोगका अध्यक्ष पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
फागुन १३ मा ललितपुरको बालकुमारी स्थित ईपिएस कोरिया शाखामा फारम भर्ने विषयमा विवाद भएपछि परीक्षार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुईजनाको मृत्यु भएको थियो । प्रहरीको दमनबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतले ज्यान गुमाएका हुन् ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्वयन गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले पुस १६ मा गठन गरेको आयोगको म्यादपछि १५ दिन थप गरिएको थियो ।
आयोगका पदाधिकारीले ४४ दिनमा प्रतिवेदन बुझाएका हुन् ।