एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल : नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल : नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।

यसअघि बुधबार कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो । टस जितेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रनको योगफल खडा गरेको थियो । ७४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि लक्ष्य घटाइएको थियो । डीएलएस पद्दतिअनुसार १२ ओभरमा ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।