काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किएको छ । पछिल्लो समय श्रममन्त्री गोकर्ण विष्टले व्यवसायीलाई वास्तै नगरी निर्णय गर्ने संघको नेतृत्व व्यवसायीको हितमा भन्दा मौन रुपमा सरकारको सहयोगी बन्न लागेको आरोप एक पक्षले लगाएपछि संघमा विवाद बढेको हाने ।
संघमा अध्यक्ष रोहन गुरुङ निरिह बनेको र व्यवसायीको हितका लागि आवाज उठाउन नसकेको आवाज बलियो बन्दै गएको छ । नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीले छुट्टै भेला गरेर संघलाई व्यवसायीको हितका विषयमा कुरा उठाउन दबाब दिने निर्णय गरेका छन् । भीषा लागेर जान नपाएका कामदारको विषयमा कुरा उठाउन संघलाई सचेत गराउने र संघले कुरा उठाउन नसके आफैँ अग्रसर हुने निर्णय गरेको छ ।
मलेसियाको सिन्डिकेट तोड्ने सरकारको निर्णय भने राम्रो भएको र यसलाई सफल बनाउन सहयोग गर्ने पूर्व अध्यक्ष समेत रहेका विमल ढकालले बताएका छन् । भिसा लागेका कामदारलाई रोकेर सरकारले गलत गरेको ढकालको भनाई छ । मलेसियामा सिन्डिकेट तोड्दा आकस्मिक रुपमा रोजगारी हुँदा धेरै कामदार अलपत्र परेको र त्यसको दोष व्यावसायीले खेप्नु पर्दापनि संघले कुरा गर्न नसकेको भन्दै फोरममा आवद्ध व्यवसायीले अध्यक्ष रोहन गुरुङको आलोचना गरेका छन् । अध्यक्ष गुरुङले आफ्नो हितका लागि मन्त्रीसँग मिलेर व्यवसाय डुबाउन लागेको उनीहरुको आरोप छ ।
बुधबार भएको भेलामा कमल तामाङले अहिलेको संघले यी समस्या समाधान गर्न नसक्ने भन्दै फोरमले अग्रसरता लिनु पर्ने बताए । प्रज्ञान न्यौपानेले संघका अध्यक्षले फेसबुकमा लेखेर भन्दा पनि सम्बन्धित निकायसँग छलफल गरेर समस्या सुल्झाउनु पर्ने बताए । सरकारी निकायले हेपेको र कुरा राख्न सक्ने दम नदेखिएको बताए ।
संघले व्यावसायीको हकको आश नगरे हुने बताए । मन्त्रीले धरौटी बढाउने तयारी गरे पनि अध्यक्ष गुरुङले व्यवसायीसँग भ्रामक कुरा गरेको न्यौपानेको आरोप छ । संघका द्घितिय उपाध्यक्ष समेत रहेका फोरममा आवद्ध व्यवसायी भुवनसिं गुरुङले संघका अध्यक्ष व्यवसायीका समस्या समाधानमा गम्भीर नबनेको बताएका छन् ।