काठमाडौं। देशमा अझै साढे ५८ लाख नेपाली गरिबीको रेखामुनि रहेको पिडादायी तथ्यांक सार्वजनिक भएको छ ।
‘नेपाल जीवनस्तर सर्वेक्षण २०७९र ८०’ ले देशको २०।२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखाएको हो ।राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, हाल नेपालको जनसंख्या दुई करोड ८९ लाख २५ हजार चार सय ८० छ । यसको २०।२७ प्रतिशत ५८ लाख ६३ हजार एक सय ९४ हुन्छ ।प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार ९०८ रुपैयाँभन्दा कम खर्च गर्ने नागरिक गरिब अन्तर्गत पर्ने गर्दछन् ।
गरिबीको नयाँ आधिकारिक रेखा अनुसार, प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार नौ सय आठ रुपैयाँभन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबअन्तर्गत वर्गीकरण गरिएको छ ।१४ वर्षमा गरिबी ५ प्रतिशतले मात्रै घटेको छ, पछिल्लो १४ वर्षमा गरिबी जम्मा ५ प्रतिशतले मात्रै घटेको देखिएको छ ।
२०६६/६७ मा सार्वजनिक जीवनस्तर सर्वेक्षणले नेपालको गरिबी २५.१६ प्रतिशत रहेको देखाएको थियो ।यो डेढ दशकमा गरिबीको दर जम्मा ५.१३ प्रतिशत विन्दुले मात्रै घटेको देखिन्छ ।
२०४६ मा कुल जनसंख्याको ४२ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकामा ०६९ मा आइपुग्दा २३.८ प्रतिशतमा झरेको थियो । २०६२र६३ देखि ०६९र७० सम्म हरेक वर्ष एक प्रतिशत विन्दुका दरले मात्रै गरिबी न्यूनीकरण भएको योजना आयोगको तथ्यांक छ ।
पछिल्लो दशकमा भने यो दर वार्षिक औसत ०.३५७ प्रतिशत विन्दु मात्रै छ ।राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपालले गरिबी न्यूनीकरणमा अपेक्षित प्रगति हासिल गर्न नसकेको जानकारहरु बताउँछन् । भूकम्प, कोभिड एवं युक्रेन–रसिया युद्धका कारणले नेपालजस्तो अर्थतन्त्र मा प्रभाव परेको देखिएको छ, जसको असर गरिबी न्यूनीकरणमा समेत परेको जानकारहरुको दाबी छ ।
२०४६ यता गरिबी न्यूनीकरण राम्रै देखिएकोमा गणतन्त्र स्थापना पश्चात अलि सुस्त भएको तथ्यांकबाट देखिएको छ ।२०७२ मा आएको विनाशकारी भूकम्प र कोरोना महामारीजस्ता कारणबाट अपेक्षित रूपमा गरिबीको दर घट्न नसकेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी मन्दी एवं महँगीलगायत विषम परिस्थितिबीच नेपालको कुल जनसंख्यामा गरिब अझै २० प्रतिशत रहेका छन् ।