पाँच एआइजीद्वारा राजीनामा

पाँच एआइजीद्वारा राजीनामा

काठमाडौँ, २१ असार । सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले आज राजीनामा दिएका छन् । राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाउनुभएको हो ।