रुसी सेनामा रहेका नेपालीको उद्धारको माग गर्दै प्रदर्शन

रुसी सेनामा रहेका नेपालीको उद्धारको माग गर्दै प्रदर्शन

काठमाडौं।रुसी सेनामा रहेका नेपालीहरूको उद्धार तथा बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराउन सहयोग माग्दै प्रदर्शन भएको छ ।

काठमााडौंस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन भएको हो ।रुसी सेनमा भर्ना भएकाहरुको उद्धार गर्न माग गर्दै आफन्त तथा पीडित परिवारले प्रदर्शन गरेका हुन् ।

रुसी सेनामा कार्यरत नेपालीहरू मृत्यु हुने र बेपत्ता हुने क्रम बढेपछि उनीहरु स्वदेश फर्काउनुपर्ने माग चर्को रुपमा उठ्न थालेको छ ।