राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा विधेयक प्रमाणिकरण गर्नुभएकाे छ । संघीय संसदले प्रतिस्थापन स्वरुप पारित गरेको विधेयक भण्डारीले प्रमाणिकरण गरेकी राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ प्रमाणिकरण भएको हो ।