प्रतिनिधि सभा बैठकको अध्यक्षताका लागि ७ सांसद चयन

प्रतिनिधि सभा बैठकको अध्यक्षताका लागि ७ सांसद चयन

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा आफू र उपसभामुखको अनुपस्थितिको अवस्थामा बैठकको अध्यक्षता गर्न ७ जना सदस्यहरूको मनोनयन गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सभामुख घिमिरेले सांसदहरू ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई मनोनयन गरेका हुन । उनीहरूलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरिएको सभामुख घिमिरेले जानकारी गराएका छन् ।