२० असार । कोलम्बियाबिरुद्ध इंग्ल्याण्डको जितसँगै रुसमा जारी २१औं संस्करणको फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे, आयोजक रुसले क्रोएशिया, ब्राजिलले बेल्जियम र इंग्ल्याण्डले स्वीडेनसँग खेल्नेछ ।
समूह चरणमा जर्मनीको बहिर्गमनसँगै सुरु भएको अप्रत्यासित नतिजाको क्रम नकआउट चरणमा पनि रोकिएन । उपाधि दावेदार टोलीहरु स्पेन, पोर्चुगल र अर्जेन्टिनाले यस विश्वकपमा अन्तिम १६ बाट माथि जान सकेनन् । यस अघि उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम ८ मा स्थान बनाइसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना, स्पेन, डेनमार्क, मेक्सिको र जापान बाहिरिएका छन् ।