रुसमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डको ९ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्वीडेन सन् १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्वीडेनले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा स्वीट्जरल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।
अधिकांश समय स्वीट्जरल्याण्डले खेल नियन्त्रणमा लिएको थियो । राम्रो खेलेर पनि स्वीट्जरल्याण्ड हार्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा स्वीडेनमा इमिल फोर्सवर्गले गोल गर्न सफल भए ।