काठमाडौं। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौं उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।
शुक्रबार संसद् भवन नयाँबानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको हो ।साथै संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्।
बैठक पछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदरुले राजधानी नछाड्ने निर्देशन दिएको र यदि अत्यावश्यक कामले राजधानी छाड्नुपर्यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएर मात्रै छाड्न निर्देशन जारी गरेको जानकारी दिए ।