बंगलादेशविरुद्ध नेपालकाे कमजाेर सुरुवात, १० ओभरमा तीन विकेट गुमायाे

बंगलादेशविरुद्ध नेपालकाे कमजाेर सुरुवात, १० ओभरमा तीन विकेट गुमायाे

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा नेपालले खराब सुरूवात गरेको छ । दक्षिण अफ्रिका टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले दुवै ओपनरसहित तीन विकेट गुमाएको छ ।

तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएको छ । नेपालले बंगलादेशविरुद्ध १० ओभरमा तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।

अघिल्लो ओभरमा आकास त्रिपाठी ३ रनमा आउट भएका थिए । पहिलो विकेटको रुपमा ‌ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए ।

नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ । त्यसकारण नेपालले आजको खेलमा दवाबरहित हुन पहिले ब्याटिङ रोजेको हो ।