राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीको परिणाम अप्रत्याशित : सत्ता गठबन्धन

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीको परिणाम अप्रत्याशित : सत्ता गठबन्धन

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको ठहर गरेको छ ।राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको हाे ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए । उनले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताए ।

उनले भने, कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । तर पनि गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन ।’