

रुस, १९ असार । रुसमा जारी २१औँ संस्करणको विश्वकप फुटबल अन्तर्गत आज अन्तिम दुई प्रिक्वाटरफाइनलका खेलहरु हुँदैछन्। आजको खेलमा स्वीडेन र स्वीट्जरल्याण्ड बेलुकी ७ः ४५ बजे भिड्दैछन् भने १९६६ यता पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको इंग्ल्याण्डले कोलम्बियासँग खेल्दैछ।
यी दुई खेलको विजेता नै क्वाटरफाइनलमा भिड्नेछन् र त्यसको विजेता आयोजक रसिया खक क्रोएसियाको विजेतासाग सेमिफाइनल खेल्नेछ। यो पोलबाट यीमध्ये एक टिम फाइनलमा पुग्नेछ।