प्रधानमन्त्रीबाटै ३ हजार शहिद थप्ने कार्यले सहिदहरूको अवमूल्यन भएको छ: शेखर कोइराला

प्रधानमन्त्रीबाटै ३ हजार शहिद थप्ने कार्यले सहिदहरूको अवमूल्यन भएको छ: शेखर कोइराला

काठमाडौँ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारले नेताहरुको सेवा सुविधा थप्ने गरी ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

मंगलबार विराटनगर महानगरपालिका वडा नं. ७ मा समुदायमा कांग्रेस अभियानको शुरुवात गर्दै कोइरालाले मुलुकको आर्थिक अवस्था जर्जर भईरहेको बेला नेताहरुलाई सेवा सुविधा थप्ने भन्दा पनि घटाउनुपर्ने बताए । नेता कोइरालाले मुलुकको अर्थतन्त्र चरम संकटमा परेका कारण कतिपय उधोगधन्दा कलकारखाना तथा संस्थाहरु वन्द हुने अवस्थामा पुगेको वेला सांसदहरुलाई सेवासुविधा थप गर्ने कुराले पिडावोध गराएको बताए। उनले मुलुकको आर्थिक अवस्था बारे सबै राजनैतिक दलहरु संवेदनशिल बन्नुपर्ने बताउदै मुलुकमा आर्थिक संकटका साथै आर्थिक अपराध पनि बढ्दै गएको धारणा राखे ।

उनले मुलुकको प्रधानमन्त्रीबाटै ३ हजार शहिद थप्ने कार्यले शहिदहरुको अवमुल्यन हुने जिकिर गरे । कार्यक्रममा सहभागिहरुले नेपाली कांग्रेसले आफ्नो सिद्धान्तलाई व्यवहारमा परिणत गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले स्थानीय समस्याहरु समाधान गर्न अनुरोध गर्दै कांग्रेसलाई आफ्नो कमीकमजोरी सच्याएर हिड्न आग्रह समेत गरेका थिए ।