रुस, १८ असार । रुसमा जारी विश्वकप फुटबलमा मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै पाँच पटकको विश्व विजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मेक्सिकोलाई हराउनकालागि ब्राजिलियन सुपरस्टार नेइमारले विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।
नेइमारले खेलको ५१औं मिनेटमा विलियनको क्रसमा गोल गरेका हुन् । मेक्सिकन किपर ओचाओ विट भइसकेको अवस्थामा नेइमारले गोललाइन नजिकैबाट गाेल गरेका हुन् । ८६औं मिनेटमा फिलिप काउटिन्होलाई प्रतिस्थापन गरेका फिर्मिन्होले मैदान छिरेको दुई मिनेटमै गोल गरेका हुन् ।