काठमाडौं ।त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।
सोमबार किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो । आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम ४० दशमलव १ ओभर खेल्दा १६५ रनमा समेटियो । आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८. दशमल ३ ओभर खेल्दा २६२ रनमा समेटियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । सुदुरका लागि भोजराज भट्टले ६ विकेट लिए । आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले बिहीबार गण्डकीसंगको खेलमा जीत हासिल गरे फाइनल प्रवेश गर्नेछ ।
त्यस्तै सोमबार मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै क्लव नेपाल पुलिस क्लवले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । गण्डकीले दिएको १७१ रनको लक्ष्य पुलिस क्लवले २४.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा भेट्टायो । पुलिसका लागि ओपनर दिलिप नाथले ५७ रनको अर्धशतकिय पारी खेले । गण्डकीका लागि सन्दिप रजाइलीले दुई तथा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ३८.३ ओभरमा अलआउट हुँदै १७० रन बनायो । गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको अर्धशतकिय पारी खेले । पुलिसका रसिद खानले सर्वाधिक पाँच विकेट लिएका थिए । त्यस्तै करण केसी र ललित नारायण राजवंशीले समान दुई दुई विकेट लिए भने दिपेन्द्र सिंह