काठमाडौं: ललितपुर जिल्लाको मंगलबजार नजिकै नागबहालमा एक जना विदेशी जर्मन नागरिकको शव फेला परेको छ।
आज (सोमबार) बिहान नागबहालमा एक विदेशी महिला मृत भेटिएकी हुन्।उनी एक वर्षदेखि मंगलबजार क्षेत्रमै बस्दै आएको स्थानीयले बताएका छन्।
मृतक अन्दाजी ५४-५५ वर्षकी जर्मन नागरिक, एडेलहैड सेनेकेनबर्गर कोठामा लडिरहेको अवस्थामा मृत भेटिएकी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रहरीका अनुसार उनी ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् ।