नेपाली कांग्रेसका नेता सिंहद्वारा जगद्गुरुत्तम मन्दिरको अवलोकन

नेपाली कांग्रेसका नेता सिंहद्वारा जगद्गुरुत्तम मन्दिरको अवलोकन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिंहले हेटौडा स्थित निर्माणाधीन जगद्गुरुत्तम ( श्री कृपालु महाप्रभु )मन्दिरको अवलोकन भ्रमण गर्नुभयो । श्री सिंहका साथमा १२ जनाको समुह थियो । स्मरण रहोस् जगद्गुरु श्री कृपालुजी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको परिकल्पना र राधे राधे साधकको सक्रियतामा हेटौडाको जुरेथुममा कृपालु महाप्रभुको अस्तु राखिएको उक्त मन्दिरको निर्माण कार्य जारी छ ।

राधे राधे साधकहरुको आस्था केन्द्रको रुपमा रहेको उक्त मन्दिर निर्माण कार्य सम्पन्न भए पछि सर्वसाधारणको लागि समेत खुला राखिने छ । वागमती प्रदेशको राजधानी सहर हेटौडामा निर्मित उक्त मन्दिर स्वदेशी तथा छिमेकी राष्ट्रबाट आउने सनातन धर्मावलम्बी र सर्वसाधारणको लागि समेत आकर्षण केन्द्र बनी हेटौडाको पर्यटकीय महत्व बढ्ने अपेक्षा श्री राधा माधव समिति नेपालले लिएको छ ।