काठमाडाैं । नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् । अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक-फरक टोली खटाइएकाे छ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक हुने कार्यक्रम छ । तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने बताइएकाे छ । टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने बताइएकाे छ ।
कोशी प्रदेश
१) डा शेखर कोइराला – झापा र सुनसरी ।
२) डा नारायण खड्का – संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा ।
३) बलबहादुर के. सी. – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर ।
मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१) प्रकाशमान सिंह- मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा । वागमतीको सिन्धुली र मकवानपुर ।
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही । वागमतीको धादिङ र चितवन ।
वागमती प्रदेश
१) डा मिनेन्द्र रिजाल- काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।
गण्डकी प्रदेश
१) महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर ।
२) प्रदीप पौडेल – कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ ।
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि – रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा ।
२) डा. डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी ।
कर्णाली प्रदेश
१) डा शशांक कोइराला – दैलेख, सल्यान र सुर्खेत ।
सुदुरपश्चिम् प्रदेश
१) भिष्मराज आङ्देम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुर ।
केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान नराखिएको बताइएकाे छ ।