काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको छ । बिहान ८ : ४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्र हालसम्मको न्यून तापम ३ डिग्री सेल्सियस रहेको थियो ।आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.३ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ । दीपायलमा २.४ डिग्री सेल्सियस तापक्रम रहेको छ ।