काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ ।
उनी चार दिनसम्म नेपाल भ्रमणमा रहने बताइएको छ । सो क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री सहित विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछिन् ।उपमन्त्री सुन माल्दिभ्स, बङ्गलादेश हुँदै आज शुक्रबार नेपाल आइपुगेकी हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाललगायतले स्वागत गरेका थिए ।उनले यही माघ १४ गते हुने एउटा राजनीतिक गोष्ठीमा सहभागी हुने बताइएको छ ।