राष्ट्रियसभा निर्वाचन : १९ सिटका लागि १८ सिटमा सत्तागठबन्धकाे जित, १ सिटमा एमाले विजयी

राष्ट्रियसभा निर्वाचन : १९ सिटका लागि १८ सिटमा सत्तागठबन्धकाे जित, १ सिटमा एमाले विजयी

काठमाडौँ। राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।

निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन्, भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला बिजयीभएकि छन्।  त्यस्तै मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी विजयीभएकि छन् , भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।

त्यस्तै बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल विजयी र महिला क्लस्टरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी विजयी भएकी छिन् ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा, अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका हुन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

त्यस्तै कर्णाली प्रदेशमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, कर्णाली प्रदेशमा दलिततर्फ माओवादीका विष्णु विक र अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया बिजयी भएका हुन् ।त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिला क्लस्टरमा माओवादी केन्द्रकी रेनु चन्द र अन्य कलस्टरमा कांग्रेसका बलदेव बोहरा बिजयी भएका हुन् ।

विसं २०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेपछि अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन भएको हो । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।