काठमाडौं।आज सातै प्रदेशको राजधानीमा राष्ट्रियसभा सदस्यको निर्वाचन भइरहेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् ।बालेन कार्य व्यस्तता भन्दै हेटौंडा नगएका हुन् ।राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने संवैधानिक व्यवस्था छ ।
बाग्मती प्रदेशका राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेश राजधानी मकवानपुर जिल्लाको हेटौंडामा भइरहेको छ ।रिक्त चार सदस्यका लागि बाग्मती प्रदेशमा निर्वाचन भएको हो ।
यसैबीच, उपप्रमुख स्निता डंगोल भने मतदानका लागि हेटौंडा गएकी छिन् ।