अम्बीर गुरुङ अर्थात् तत्कालीन संसद यमलाल कंडेलको रातो पासपोर्टमा आफ्नो फोटो राखेर पासपोर्ट तस्करी गरेका तस्कर नाइके एमालेको उम्मेदवार

अम्बीर गुरुङ अर्थात् तत्कालीन संसद यमलाल कंडेलको रातो पासपोर्टमा आफ्नो फोटो राखेर पासपोर्ट तस्करी गरेका तस्कर नाइके एमालेको उम्मेदवार

नेकपा एमालेले ओखलढुंगाको प्रदेश सभाका लागि उम्मेदवार बनाएका अम्बीरबाबु गुरुङ विवादास्पद छबीको व्यक्ति भएको तथ्य सार्वजनिक भएको छ । विगतमा वामदेव गौतमले माले पार्टीको नेतृत्व गर्दा तत्कालीन संसद यमलाल कंडेलको रातो पासपोर्टमा अम्बीरले आफ्नो फोटो राखेर पासपोर्ट तस्करी गरेका थिए ।

गुण्डागर्दी,तस्करी र सुन्दरी काण्डका नाइके गुरुङ यतिबेला एमाले महासचिव इश्वर पोखरेलको दाहिने हात बनेका छन् । पोखरेलकै पहलमा अम्बीरले ओखलढुंगाका पुराना कामरेडहरुलाई पछारेर प्रदेशको टिकट हात पारेका हुन् । त्यसो त गत स्थानीय तहको निर्वाचनका बेलासम्म मतदाता सूचीमा नाम नभएका अम्बीर एमाले नेताहरुलाई युवती ‘गिफ्ट’ दिने धन्दा गर्छन् ।

इश्वर पोखरेलको अहिलेको धापासीको घर,त्यसमा भएको लगानी,गाडी र अन्य सबै सहयोगको श्रोत यिनै तस्कर अम्बीर गुरुङ हुन् । गुरुङले नै पोखरेलको आर्थिक जोहो गरेका छन् । स्थानीय चुनावको बेलामा अम्बीर अब ओखलढुंगामा इश्वर दाईलाई चुनाव लडाउनु पर्छ भन्दै चाकरी गर्थे ।
तिनै अम्बीर अहिले ओखलढुंगाको प्रदेश ‘क’ को वाम गठबन्धनको उम्मेदवार बनेका छन् । गाउँ गाउँमा पैसा बाँड्दै हिंडेका अम्बीरको जीत आफ्नो प्रतिष्ठासंग जोडिएको भन्दै इश्वर पोखरेलले ओखलढुंगाका प्रहरी प्रमूख (डिएसपी)लाई समेत फोन गरेर आफु भोलीको गृहमंत्री भन्दै एमाले उम्मेदवारलाई जिताउन सहयोग गर्नुस भनेर धम्की दिएको बुझिएको छ ।

गुण्डागर्दी,तस्करी र यौन धन्दाका नाइके बनेका अम्बीरलाई काँधमा बोकेर हिंड्ने इश्वर पोखरेल चाहिं राजधानीमै बसेर जिल्लाका प्रहरी प्रमूखलाई धम्की दिइरहेको अवस्थाका कारण अन्य दलका उम्मेदवारहरु डिएसपीको सरुवा गराउन लविंग गरिरहेका छन् ।
पढ्न नसकेर मैनी बजार जाने गाउँले टोलीसंग भागेर राजधानी छिरेका अम्बीर गुरुङ रातारात धनी भएका गुण्डा नाइके हुन् । उनी राजधानीमा रेष्टुरेन्ट चलाएर तत्कालीन माले र पछि एमालेका उपल्लो तहका नेताहरुको यौन लिप्सा मेटाउन युवतीहरु ओसारपसार गर्थे ।

बीचमा तत्कालीन युवराज पारस शाहसंग नजिक भएका अम्बीर महिलाका मामिलामा निकै आलोचित छन् । त्यसो त उनले हाडनातामा आफ्नै सम्धिनीसंग बिहे गरेर अमेरिकी ग्रीनकार्ड बनाएको रहस्य पनि खुलेको छ । अम्बीरलाई बाल्यकालदेखि नै चिन्ने र कुनै समय आफुहरु निकै घनिष्ठ रहेको बताउने हाल सं फ्रान्सिस्को अमेरिकामा रहेका रुम्जाटारका दिनेश पोखरेलले बताए अनुसार,अम्बीर कुनै नैतिकता र इज्जतको ख्याल नगर्ने स्खलित व्यक्ति हो ।

पैसाको लागि जे पनि गर्न पछी नहट्ने अम्बीरले नेपालमा गुण्डागर्दी गरेर जम्मा गरेको रकम तह लगाउन आफ्नै छोराकी सासु लस एन्जलसमा रहेकी तारा गुरुङ (तारा गुरुङको छोरी अम्बीरको छोराले बिहे गरेका छन्) संग कागजी बिहे गरेर ग्रीनकार्ड बनाएका छन् । जबकी यता नेपालमा अम्बीर श्रीमतीसंग बस्छन् । अर्थात् अमेरिकामा सम्धिनीसंग कागजी बिहे गरेर ग्रीनकार्ड बनाएका अम्बीर त्यही ग्रीनकार्डका कारण वर्षमा दुइपटक रातारात अमेरिका पुग्छन् र दुई साता बसेर नेपाल आउँछन् ।

अमेरिकामा उनको ठेगाना खोज्दा आफुहरुले उनी विगतमा तीन अलग अलग ठाउँमा बसेको रेकर्ड फेला पारेको समेत पोखरेलले जानकारी दिएका छन् । पोखरेल भन्छन्,- अम्बीरले तारा ब्ल्याक गुरुङसंग कागजी बिहे गरेर ग्रीनकार्ड बनाएको र अहिले पनि तारासंग साझेदारीमा व्यापार गरेको प्रमाण  सुरक्षित छ । तारा गुरुङ अमेरिकी नागरिक संग बिहे गरेर नागरिक बनेकी नेपाली मूलकी महिला हुन् । तर उनको श्रीमान् बितेपछि ताराले सबै सम्पति हात पारिन् र आफ्ना सम्धी अम्बीर गुरुङले पनि आफु पनि व्यवसाय गर्न इच्छुक भएको भन्दै संयुक्त रुपमा उनीहरुले व्यापार गरेका हुन् । पछि दुवै जना संगै बस्ने र तारासंग कागजी बिहे गरी ग्रीनकार्ड मात्र बनाएनन् उनले तारासंग तीन करोड रुपैंया समेत लिएर नेपाल फर्के ।

तारा गुरुङले आफ्नो पैसा पनि फसेको भन्दै त्यत्तिकै नछाड्ने भनेर अम्बीरलाई पैसा फिर्ता दिन ताकेता पनि गरिन् । तर अम्बीरले उल्टो अहिले तारालाई नेपाल नै बोलाएर सोलुतिर ट्रेकिंगमा जानु भनि केही विदेशीको गाइड गर्न पठाएको बुझिएको छ ।
नेपालमा विधिवत बिहे गरेर संगै बस्दै आएकी श्रीमती हुँदाहुँदै अमेरिकी सरकारसमक्ष कागजी पारपाचुकेको झूठो कागज देखाई अम्बीरले तारा गुरुङसंग बहुविवाह गरेको विषय अहिले अमेरिकी अध्यागमन र नेपालस्थित अमेरिकी दूतावासमा समेत उजुर भैसकेको बुझिएको छ । यदी त्यसको पुष्टी भएमा तारा गुरुङलाई समेत समस्या पर्नेछ भने अम्बीर गुरुङले अमेरिकी कानुन विपरित झुठो कागजात बनाई पेश गरेको अभियोगमा अम्बीरलाई जेल सजाय हुनसक्छ ।

यद्यपि अम्बीर गुरुङले यता नेपालमा पनि आफुले अमेरिकी ग्रीनकार्ड त्यागेको बताउने गरेका छन् । तर अमेरिकी दूतावास निकट एक भरपर्दो श्रोतका अनुसार्र अम्बीरको बारे बहुविवाह र ग्रीनकार्ड बनाउन झुठा विवरण पेश गरेको भन्दै उनको बारे दूतावासमा भएको विवरण उपलब्ध गराउन एक पक्षले प्रयास गरेको थियो । तर हाल अमेरिकी राजदूत अमेरिकामा रहेको र अमेरिकी कानुन अनुसार कुनै व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक गर्न नमिल्ने भन्दै दूतावासले अमेरिकामा नै यस बारे पहल गर्न समेत सुझाएको थियो ।

अहिले सोही अनुसार गुण्डा नाइके अम्बीरको ग्रीनकार्ड खोज्ने काम भएको र यदि कुनै प्रमाण झूठो पुष्टी भएमा अम्बीर र तारा दुवैले जेल सजाय भोग्नुपर्ने हुन्छ । यता अम्बीरको बारे अहिले सामाजिक संजाल्हारुमा समेत अनेक टिका टिप्पणी हुन थालेको छ । सन् फ्रान्सिस्कोबाट दिनेश पोखरेल भन्छन्,- अम्बीर अमेरिकाको ग्रीनकार्ड भएको व्यक्ति हो भन्ने कुरा चासो राख्ने सबैलाई थाहा छ ।
अहिले अम्बीरको उम्मेद्वारी खारेज गराउन भित्रभित्रै लविंग भै रहेको बुझिएको छ ।