अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी माग्याे बागमती प्रदेशले

अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी माग्याे बागमती प्रदेशले

काठमाडौं ।  प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले एकै पटक ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो । खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त माघ २८ गतेसम्म दिने सकिनेछ ।