साताकाे राशिफल (आषाढ १७–२३ गते) तपाईंको भाग्यफल

साताकाे राशिफल (आषाढ १७–२३ गते) तपाईंको भाग्यफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

कर्मसिद्धिको समय छ । यो साता तपाईंले कार्यक्षेत्रमा राम्रो प्रगति गर्नुहुनेछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय पनि हो । तर बिहीबार र शुक्रवार धनको कारोबारमा सतर्क रहनु पर्ने देखिन्छ । साताको अन्त्यमा आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । समग्रमा राम्रो समय छ, आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

भाग्यबलमा अभिवृद्धि हुने समय चल्दैछ । पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ ।सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । बन्दव्यापारमा प्रशस्त फाइदा हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । लामो दूरीको आकस्मिक यात्राको सम्भावनासमेत देखिन्छ । तर आगामी शनिवारको दिन प्रतिकूल रहने छ । बन्दव्यापारमा घाटा हुनेछ, सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

यो साता दुर्घटनाजन्य जोखिमको सम्भावना भएको साता हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा जानु हुँदैन । अकारण वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । तर सोमबार भाग्यभावमा चन्द्रमाले प्रवेश गर्नेछ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । साताको उत्तरार्द्धमा नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । यस साताको प्रारम्भ निराशाजनक देखिए पनि समग्रमा राम्रो समय रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हाँसखेल र मनोरञ्जनका साथमा साताको सुरुवात हुनेछ, जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । तर अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । सोमबारदेखि बुधवारसम्म राम्रो समय छैन, शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । तर साताको उत्तरार्द्ध अत्यन्त अनुकूल हुने देखिन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । शुक्रवार वा शनिवार कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुनेछ । समग्रमा यो साता विशेष महत्वको समय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

राम्रो समय छैन, स्वास्थ्यमा प्रतिकूल परिस्थिति देखिन सक्छ । सन्तति वा भाइबहिनीका क्रियाकलाप देखेर मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । शुक्रवार र शनिवार सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । तर सोमवारदेखि बिहीवारसम्म सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । यस समयमा रसरङ्गको चाहना पूर्ण हुने योग आउने छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । बिहीबारपछि धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

यो साता मिश्रित प्रभाव भएको साता हुनेछ । प्रारम्भमा व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । समग्रमा समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । तर सोमबारदेखि बुधवारसम्म र आगामी शनिवारका दिन उति राम्रो समय रहने देखिंदैन । ती दिनमा झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा जानु हुँदैन । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु पर्छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । प्रतिद्वन्द्वीहरूसित सतर्क रहने समय पनि हो । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । समग्रमा सचेत भई काम गर्न सकेमा लाभदायी साता नै देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

साताको प्रारम्भमा परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । सोमबारदेखि बिहीवारसम्म अनुकूल समय रहने छ । यस अवधिमा कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । भोगविलासमा मन जानेछ । बिहीबारपछि प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । तर साताको अन्त्यमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । यो साताको सुरुवात सङ्घर्षप्रद देखिए पनि समग्रतामा समय रमाइलो गरी बित्नेछ । काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा समय यापन गर्नु पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

लगनशील भई काम गर्न सकेमा यो साता राम्रो हुने सङ्केत छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । बोलीको प्रभाव रहनाले काम बन्ने छ, समयलाई धैर्यता र संयमताका साथमा पर्खिन सक्नुपर्छ । तर सोमबारदेखि बिहीवारसम्म परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, परिवारकै सदस्यबाट धोका हुनसक्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय होइन । आगामी शनिवारका दिन आर्थिक सङ्कटको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

धनको कारोवारमा सफलता मिल्ने समय छ । मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । समग्रमा राम्रै समय भएपनि बिहीवार र शुक्रवारका दिन खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

आत्मनिर्णयको क्षमतामा बृद्धि हुने साता छ । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । तर आगामी शनिवारका दिन घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

साताको प्रारम्भमा पारिवारिक वातावरण अनुकूल हुने छैन । मानसिक एवं बौद्धिक क्षमता कमी आउने छ । नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने सम्भावना पनि छ । तर सोमबार साताको अन्त्यसम्म अनुकूल समय रहने छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । साताको अन्त्यमा व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

साताको प्रारम्भमा आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । त्यस्तै साताको उत्तरार्द्धमा पनि पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । उक्त अवसरमा तपार्इंको प्रत्यक्ष संलग्नता र भूमिका रहने देखिन्छ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । तर सोमवारदेखि बुधवारसम्म खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु आवश्यक छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । मनमा दोधारको अवस्था हुनसक्छ ।

(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।)