

काठमाडौं, १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर, शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ ।
काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन । ‘ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको खबर आएको छ । विरामीको उद्दार भइसकेको छ । हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन ।’
अस्पतालले भने विमानमा पाइलट मात्र भएको दावी गरेको छ । विमानको पखेटामा क्षति पुगेको छ ।