निषेधित क्षेत्र तोडेको भन्दै जुम्ला पुगेका डा. केसी प्रहरी नियन्त्रणमा

निषेधित क्षेत्र तोडेको भन्दै जुम्ला पुगेका डा. केसी प्रहरी नियन्त्रणमा

जुम्ला, १६ असार । अनसन बस्न जुम्ला पुगेका प्रा. डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले आज दिउँसो डा. केसीलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जुम्ला पुगेका थिए ।

तर, स्थानीय प्रशासनले शुक्रबार मात्र प्रतिष्ठान र असपासका २०० मिटर लाई निषेधित क्षेत्र घोषणा गरेको छ । डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।