काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको हो।
नयाँ मूल्यसूची अनुसार पेट्रोलमा पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
भारतीय आयल निगमले भने पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको छ । सरकारले स्वचालित मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यको समायोजन गर्दै आएको छ ।