काठमाडौं, १६ असार । प्रतिनिधि सभाको हिजाेको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । यसैगरी बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ लाई पनि बहुमतले पारित गरेको छ ।