सन्दीप क्यानडा गए, ग्लोबल टी–ट्वान्टी खेल्न

सन्दीप क्यानडा गए, ग्लोबल टी–ट्वान्टी खेल्न

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट लिग खेल्नका लागि शुक्रबार क्यानडा प्रस्थान गरेका छन् ।

लर्डसमा हुने एमसीसी र नेदरल्याण्डससँगको खेलका पनि सन्दिप टिममा छन । मोन्ट्रियर टाइगर्सले सन्दिपलाई ४० हजार अमेरिकन डलरमा अनुबन्ध गरेको थियो । उनले लिग अन्तर्गत शनिवार हुने दोश्रो खेल भने खेल्ने छन् ।

इण्डियन प्रिमियर लिग आईपिएलमा सन्दिपले तीन खेलमा पॉच विकेट लिएका थिए यो प्रतियोगिता पछि क्यारेवियन प्रिमियर लिग र नेदरल्याण्ड्स विरुद्दको एकदिवसिय खेल पनि खेल्नेछन ।

दिल्ली डेयरडेभिल्सबाट गत अप्रिल र मे महिनामा आईपीएल खेलेका सन्दीपले आगमी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) पनि खेल्नेछन् ।