रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

प्यूठान ।रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ ।

रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो ।प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए ।रोजगारीको शिलशिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा संलग्न भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए ।

खगेश्वरका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए ।