भोलिबाट विश्वकप फुटबल नकआउट चरणको भिडन्त (यस्तो छ तालिका)

भोलिबाट विश्वकप फुटबल नकआउट चरणको भिडन्त (यस्तो छ तालिका)

रुस, १५ असार । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत समूह चरणको खेल सकिएसँगै भोलिदेखि विश्वकपको नकआउट चरणका खेलहरु सुरु हुदैछन् ।

नकआउट चरणको पहिलो खेल जुन ३० मा फ्रान्स र अर्जेन्टिनाबीच हुदैछ । समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना नकआउट चरणको पहिलो खेलमै प्रतिस्पर्धा गर्दै छन् । ३० जुनमै हुने दोस्रो खेलमा समूह ए को विजेता उरुग्वेले समूह बी को उपविजेता पोर्चुगलसँग खेल्दैछ ।

जुलाइ १ मा समूह बीको विजेता स्पेनले समूह ए को उपविजेता घरेलु टोली रुससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै जुलाइ १ मै हुने अर्को खेलमा समूह सीको उपविजेता डेनमार्क र समूह डीको विजेता क्रोएशिया भिड्नेछन् । समूह इको विजेता ब्राजिलले समूह एफको उपविजेता मेक्सिकोसँग २ जुलाइमा खेल्नेछ । दोस्रो खेलमा समूह जीको विजेता बेल्जियम र समूह एचको उपविजेता जापानबीच प्रतिस्पर्धा हुँदैछ ।

३ जुलाइमा हुने पहिलो खेलमा समूह एफको विजेता स्वीडेन र समूह इ को उपविजेता स्वीट्जरल्याण्ड भिड्दै छन् । त्यसैगरी अन्तिम प्रिक्वार्टरफाइनल खेलमा समूह एचको विजेता कोलम्बिया र समूह जीको उपविजेता इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।