गण्डकीमा गठबन्धनका ३ उम्मेदवारले गराए मनोनयन दर्ता

गण्डकीमा गठबन्धनका ३ उम्मेदवारले गराए मनोनयन दर्ता

पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा हुने ३ सिटमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । गण्डकीमा माओवादीले १ र कांग्रेसले २ सिट पाएको छ ।

माओवादीबाट महिलातर्फ मनरूपा शर्मा सुवेदी, कांग्रेसबाट अपांगताबाट पदम परियार र अन्यबाट  किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ ।