किर्गिजस्तानमा नेपालीहरुलाई निःशुल्क अनलाइन स्वास्थ्य परार्मश सेवा

किर्गिजस्तानमा नेपालीहरुलाई निःशुल्क अनलाइन स्वास्थ्य परार्मश सेवा

किर्गिजस्तान । किर्गिजस्तानमा रहेका नेपालीहरुलाई स्वास्थ्य विज्ञहरुद्वारा निःशुल्क स्वास्थ्य परार्मश सेवा (Free Online Doctor Consultation ) शुरू गरिएको छ । राष्ट्रिय समन्वय परिषद् किर्गिजस्तान (एनसीसी किर्गिजस्तान) का अध्यक्ष डा. किशन भण्डारीको सभापतित्वमा गत डिसेम्बर २४ मा बसेको संचालक समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

किर्गिजस्तानमा बसोबास गर्दै आएका सम्पूर्ण नेपालीहरुलाई हुने स्वास्थ्य सम्बन्धी समस्या जानकारी गराउन भाषागत समस्या हुने भएकोले किर्गिजस्तानमा रहेका एनआरएनए किर्गिजस्तान शाखाका पदाधिकारीहरू (विज्ञ स्वास्थ्यकर्मी) को अग्रसरतामा नियमित अनलाइन स्वास्थ्य परामर्स सेवा संचालन गर्ने निर्णय भएको छ । ८ जनवरी २०२४ गतेदेखि हरेक दिन साँझ ५ः०० – ८:०० सम्म विभिन्न स्वास्थ्य विज्ञहरुद्वारा निःशुल्क स्वास्थ्य परार्मश सेवा (Free Online Doctor Consultation ) शुरू गरिएको किर्गिजस्तान शाखाका प्रवक्त्ता डा. गायत्री प्रसाद शर्मा (आशिष) ले राष्ट्रवाणी डट कमलाई जानकारी दिनु भएको छ ।