राष्ट्रिय सभा सिट बाँडफाँट: एमालेले माग्यो ६ सिट

राष्ट्रिय सभा सिट बाँडफाँट: एमालेले माग्यो ६ सिट

काठमाडौं । नेकपा एमालेले गठबन्धनसँग राष्ट्रियसभाको निर्वाचनमा ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।

तर गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएतापनि पछि एमालेले धोका दिएको बताए । माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुदैंछ ।