मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा

मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा

काठमाडौं । कांग्रेस सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् । उनले आफ्नो लगानीमा खुल्न लागेको रिसोर्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् ।

उनले रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउँदै मन्त्रालय पुगेका उनले ढिलासुस्तीप्रति कडा आक्रोश पोख्दै उनले यस्तो घोषणा गरेका हुन् ।

सो क्रममा उनको मन्त्रीदेखि सचिवसँग चर्काचर्की परेको पनि जानकारी गराएका छन् । उनले आफ्नो काम अझै पनि हुन नसकेको खण्डमा मन्त्रालयभित्र अनसन बस्ने सञ्चारकर्मीलाई जानकारी गराएका छन्।

उनले भने, ‘४ वर्ष भएछ फाइल थन्केर बसेको । सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो । तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभइकन निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो’ ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्नुहुन्छ । साढे २ तलाभन्दा बनाउन पाइँदैन रे ।’

उनले रोजगारी सिर्जना गर्ने व्यवसायिक होटललाई असहयोग गरेको भन्दै उनले राजधानीमा बन्न लागेको संरचनामा साढे ३ अर्ब लगानी भइरहेको बताएका छन् ।